लाइसेन्स वितरणको तयारीमा कार्यालय
विभागबाट प्राप्त ४० हजार २ सय ७६ वटा लाइसेन्स कार्डहरु वितरणको तयारी
अप्रिल १३ तारिखको डिस्प्याच मिति राखेर पठाइएको कार्डहरुको सूची १५ गते प्राप्त भयो। तर प्राप्त सूचिमा Applicant ID उल्लेख नै नभएको र सूचीको क्रम तथा प्राप्त कार्डहरुको क्रम नमिलेको हुँदा उक्त कार्डहरुलाई पहिले क्रम मिलाएर मात्र वितरण गर्न सम्भव हुने देखेपछि कार्यालयले विहान बेलुका तथा बीदाका दिनहरुमा समेत काम गरेर लाईसेन्सहरुलाई वितरण योग्य बनाउँदै छ ।

यो कामको लागि अझै २, ३ दिन लाग्‍ने हुनाले अझै प्राप्त कार्डहरुलाई बितरण गरिहाल्न सकेको छैन । कार्यालयले सम्भवतः यही बिहिबार देखि कार्ड वितरणको कार्य शूरु गर्नेछ भने कार्डको क्रम मिलाईसकेपछि शनिबार र आइतबार बिदाका दिनमा समेत निरन्तर रुपमा कार्ड वितरण गर्ने योजना छ ।
