साविकमा संघीय सरकारको यातायात व्यवस्था विभाग मातहत रहेको यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, बागमतीले नयाँ अनुमतिपत्र दर्ता, वर्ग थप, प्रतिलिपि र नवीकरण जस्ता सेवाहरू प्रदान गर्दै आएको थियो। मुलुक संघीय संरचनामा रूपान्तरण भएपश्चात, नेपाल सरकार (माननीय मन्त्रीस्तर) को मिति २०७५।०८।२० को निर्णयानुसार यस कार्यालयको साविक दरबन्दी र संरचना यथावत् रहने गरी बागमती प्रदेश सरकारमा हस्तान्तरण गरिएको हो। हाल यो कार्यालय बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालय मातहत याताायात व्यवस्था कार्यालय कलंकीको रुपमा रही सुचारु रूपमा सेवा प्रवाह गरिरहेको छ।

मुख्य कामहरूः

यातायात व्यवस्था कार्यालय (सवारीचालक अनुमतिपत्र), ठूलोभर्याङले मुख्यतया सवारीचालक अनुमतिपत्र (License) सँग सम्बन्धित कार्यहरू सम्पादन गर्दछ। यस कार्यालयबाट प्रवाह हुने मुख्य सेवाहरू निम्नुसार छन्:

१. सवारीचालक अनुमतिपत्रको नयाँ दर्ता (New License Registration)

  • नयाँ सवारीचालक अनुमतिपत्रका लागि अनलाइन आवेदन संकलन।
  • बायोमेट्रिक्स (Biometrics) दर्ता गर्ने र कागजात प्रमाणीकरण।
  • लिखित परीक्षा र प्रयोगात्मक परीक्षा (Trial) सञ्चालन।

२. वर्ग थप (Category Addition)
पहिले नै अनुमतिपत्र प्राप्त गरिसकेका चालकहरूका लागि अन्य सवारी साधनको वर्ग थप गर्ने प्रक्रिया (जस्तै: मोटरसाइकल चलाउनेले कारको वर्ग थप गर्ने)।

३. अनुमतिपत्र नवीकरण (License Renewal)
म्याद समाप्त भएका सवारीचालक अनुमतिपत्रहरूको नवीकरण गर्ने।

४. प्रतिलिपि सेवा (Duplicate License)
अनुमतिपत्र हराएको, च्यातिएको वा नबुझिने भएको खण्डमा प्रतिलिपि जारी गर्ने।

५. अनुमतिपत्र वितरण (License Distribution)
छापिएर आएका सवारीचालक अनुमतीपत्रहरू सम्बन्धित चालकलाई वितरण गर्ने।

६. अभिलेख अद्यावधिक तथा प्रमाणीकरण

  • साविकको बागमती अञ्चलबाट जारी भएका वा यस कार्यालयमा स्थानान्तरण भई आएका अनुमतिपत्रहरूको अभिलेख भिडाउने र अद्यावधिक गर्ने।
  • वैदेशिक प्रयोजनका लागि अनुमतिपत्रको प्रमाणीकरण (Verification) सम्बन्धी समन्वय।

७. राजश्व संकलन
अनुमतिपत्र दस्तुर, नवीकरण शुल्क र जरिवाना लगायतका सरकारी राजश्व संकलन गर्ने।