नयाँ दैनिक तर्फका अप्रिल १५ तारिख पछिको लाइसेन्सहरु वितरण सम्बन्धि अद्यावधिक सूचना
यस कार्यालयबाट विभिन्न मितिमा नयाँ, वर्गथप, प्रतिलिपी वा नवीकरणका लागि आवेदन दिई अप्रिल १५ पछाडि License Fee Payment गर्नुभएका सेवाग्राहीहरूको प्रिन्ट भई आएका नयाँ ब्याचका ड्राइभिङ लाइसेन्सहरू वितरण भइरहेको जानकारी गराइन्छ।
📊 हाल सम्म वितरणका लागि प्राप्त लाइसेन्सको विवरण
विवरण
सुरु भएको मिति (From)
हाल सम्म प्राप्त अन्तिम मिति (To)
स्थिति (Status)
नयाँ ब्याच (दैनिक तर्फ)
अप्रिल १५, २०२६
जुन १०, २०२६
🟢 वितरण भइरहेको
लाइसेन्स लिन आउनुहुने सेवाग्राहीहरूले अनलाइन पोर्टल वा वेबसाइटमा आफ्नो विवरण र Box Code चेक गरेर मात्र कार्यालयमा आउनुहुन अनुरोध गरिन्छ।
👉 आफ्नो लाइसेन्स र Box Code चेक गर्न तल उपलब्ध सर्च बक्स प्रयोग गर्नुहोस्:
📌 लाइसेन्स लिन आउँदा अनिवार्य ल्याउनुपर्ने कागजातहरू:
राजस्व तिरेको सक्कल रसिद (नवीकरण वा नयाँ लाइसेन्सको)
पुरानो ड्राइभिङ लाइसेन्स (नवीकरणको हकमा)
सक्कल नागरिकता प्रमाणपत्र
यदि आफ्नो लाइसेन्स अरू कसैलाई लिन पठाउने हो भने मञ्जुरीनामा पत्र र सम्बन्धित व्यक्तिको परिचयपत्र।
🔍 आफ्नो लाइसेन्स कसरी खोज्ने र बुझ्ने?
हाम्रो आधिकारिक वेबसाइटको License Search सेक्सनमा जानुहोस्।
आफ्नो लाइसेन्स नम्बर वा नाम राखेर सर्च गर्नुहोस्।
यदि तपाईंको लाइसेन्स तयार छ भने स्क्रिनमा Box Code (उदा: BOX 983 - 1) देखाउनेछ।
कार्यालयमा आउँदा उक्त Box Code अनिवार्य रूपमा काउन्टरमा टिपाउनुहोला, जसले गर्दा तपाईंको लाइसेन्स तुरुन्तै फेला पार्न सहज हुनेछ।
💡 विशेष नोट (भोलि/पर्सि आउने नयाँ कार्डहरुका सम्बन्धमा):
हाल माथि उल्लिखित मिति सम्म प्रिन्ट भएका लाइसेन्सहरू वितरणका लागि उपलब्ध छन्।
[ आगामी मितिहरूमा आउने कार्डहरुका सम्बन्धमा]: माथि उल्लिखित मिति भन्दा पछाडिको मितिमा प्रिन्ट भएका लाइसेन्सहरू अर्को ब्याचमा आउनेछन्। आगामी दिनमा नयाँ लट प्राप्त हुनासाथ माथिको मिति को ठाउँमा नयाँ प्राप्त मिति र सोही अनुसार अनलाइन डाटाबेस अद्यावधिक गरिनेछ।
कृपया आफ्नो लाइसेन्स अनलाइनमा Box Code नदेखाएसम्म कार्यालयमा आई भिड नगरिदिनुहुन समेत अनुरोध गर्दछौँ।