यस कार्यालयमा विभिन्न मितिमा सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गर्नुभएका तथा नवीकरणका लागि आवेदन दिनुभएका सेवाग्राहीहरूको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) विभागबाट छपाइ भई प्राप्त भएकाले वितरण कार्य सुरु गरिएको जानकारी गराइन्छ।
२०८३ साल बैशाख १२ गते शनिबार देखि (विहान ११ बजे देखि २ बजे सम्म)।
वितरणका लागि उपलब्ध भएका अनुमतिपत्रहरूको नामावली (सूची) यसै सूचनाको तल दिइएको PDF File मा उपलब्ध छ। कृपया उक्त फाइल डाउनलोड गरी आफ्नो नाम र दर्ता नम्बर रुजु गर्नुहोला।
राजस्व तिरेको सक्कल रसिद (Payment Receipt)।
पुरानो लाइसेन्स (नवीकरणको हकमा)।
परिचय खुल्ने सक्कल नागरिकता वा राहदानी।
यदि अरूको लाइसेन्स लिन आउने हो भने सम्बन्धित व्यक्तिको मञ्जुरीनामा र आधिकारिक परिचयपत्र।
स्थान: १४ नं झ्याल, लाइसेन्स वितरण शाखा, यातायात व्यवस्था कार्यालय, कलंकी ।
समय: बिहान ११:०० देखि दिनको २:०० बजेसम्म
विशेष नोट:
भीडभाड कम गर्न र आफ्नो पालो सुरक्षित गर्न सूचीमा नाम भए नभएको निश्चित गरेर मात्र कार्यालयमा पाल्नुहुन अनुरोध गरिन्छ। थप जानकारीका लागि कार्यालयको सूचना पाटी वा आधिकारिक वेबसाइट हेर्दै गर्नुहोला।