मिति २०८३ जेठ २५ (June 8, 2026) मा राजश्व बुझाउनु भएको लाइसेन्सहरु लिन आउने सम्बन्धि सूचना
यातायात व्यवस्था कार्यालय
ड्राइभिङ लाइसेन्स वितरण सम्बन्धी अत्यन्त जरुरी सूचना!
यस कार्यालयबाट मिति २०८३ जेठ २५ (June 8, 2026) मा प्रयोगात्मक (Trial) परीक्षा उत्तीर्ण गरी राजश्व बुझाउनुभएका, वर्गथप गर्नुभएका र नवीकरण / प्रतिलिपीका लागि आवेदन दिनुभएका सेवाग्राहीहरूको ड्राइभिङ लाइसेन्सहरू यस कार्यालयमा प्राप्त भइसकेकाले वितरण कार्य सुचारु गरिएको जानकारी गराइन्छ।
⚠️ लाइसेन्स लिन आउनुहुने सेवाग्राहीहरूले अनलाइन पोर्टल वा वेबसाइटमा आफ्नो विवरण र Box Code चेक गरेर मात्र कार्यालयमा आउनुहुन अनुरोध गरिन्छ।
🔍 यहाँ आफ्नो लाइसेन्स नम्बर वा नाम राखेर सर्च गर्नुहोस् (डिजिटल सर्च टुल)
📌 लाइसेन्स लिन आउँदा अनिवार्य ल्याउनुपर्ने कागजातहरू:
राजस्व तिरेको सक्कल रसिद (नवीकरण वा नयाँ लाइसेन्सको)
पुरानो ड्राइभिङ लाइसेन्स (नवीकरणको हकमा)
नागरिकता (सक्कल नागरिकता साथमा हुनुपर्ने)
यदि आफ्नो लाइसेन्स अरू कसैलाई लिन पठाउने हो भने मञ्जुरीनामा पत्र र सम्बन्धित व्यक्तिको परिचयपत्र।
💡 विशेष नोट: कार्यालयमा प्राप्त भएका सम्पूर्ण कार्डहरु माथिको टुलबाट खोज्न मिल्छ । जून ८ (June 8) भन्दा पछाडिको मितिमा प्रिन्ट भएका लाइसेन्सहरू अर्को ब्याचमा आउने भएकाले, कृपया आफ्नो लाइसेन्स माथिको टुलमा Box Code देखाएपछि मात्र कार्यालयमा आउनुहुन समेत अनुरोध गर्दछौँ।