मे २१ र मे २२ (May 21 & 22) सम्म राजश्व बुझाउने सेवाग्राहीहरूको स्मार्ट लाइसेन्स छापिएर कार्यालयमा आइसकेको

🪪 स्मार्ट सवारी चालक अनुमतिपत्र (Smart License) वितरण सम्बन्धी सूचना

📢 नयाँ अपडेट: सन् २०२६ मे २१ र मे २२ (May 21 & 22) सम्म राजश्व बुझाउने सेवाग्राहीहरूको स्मार्ट लाइसेन्स छापिएर कार्यालयमा आइसकेको हुनाले वितरण कार्य भइरहेको छ।

🔍 १. लाइसेन्स लिन आउनु अगाडि (अनिवार्य बाकस कोड प्रणाली)

कार्यालयमा हुने भिडभाड कम गर्न र छिटो सेवा लिनका लागि कृपया कार्यालय आउनु अगाडि आफ्नो बाकस कोड (Box Code) पत्ता लगाएर आउनुहोला:

  • बाकस कोड पत्ता लगाउन: कार्यालयको आधिकारिक वेबसाइटको लिंक यहाँ क्लिक गरी (Search List) आफ्नो विवरण हेर्नुहोस्।
  • बाकस कोड थाहा हुनेहरू: तपाईंहरू ७ नम्बर काउन्टरमा बस्नु पर्दैन, सिधै १४ नम्बर काउन्टरमा गई लाइसेन्स लिन सक्नुहुन्छ।
  • बाकस कोड थाहा नहुनेहरू: पहिले ७ नम्बर काउन्टरबाट बाकस कोड पत्ता लगाई त्यसपछि मात्र १४ नम्बर काउन्टरमा जानुपर्नेछ।

📄 २. लाइसेन्स लिन आउँदा साथमा ल्याउनुपर्ने कागजातहरू