यस यातायात व्यवस्था कार्यालय, कलंकी, काठमाडौँबाट विभिन्न मितिमा नयाँ अनुमतिपत्र, वर्ग थप, नवीकरण तथा प्रतिलिपि प्रक्रिया पूरा गरी राजश्व बुझाउनुभएका सेवाग्राहीहरूका लागि यो विवरण अद्यावधिक गरिएको छ।
हाल सन् २०२६ अप्रिल १५ देखि मे २६ (२०८३ वैशाख २ देखि २०८३ जेठ १२ गते) सम्म राजश्व बुझाउने सेवाग्राहीहरूको स्मार्ट लाइसेन्स विभागबाट छापिएर कार्यालयमा प्राप्त भइसकेको हुनाले वितरण कार्य भइरहेको छ। अप्रिल १५ भन्दा पछाडिका सम्पूर्ण लक्षित सेवाग्राहीहरूले कार्यालय समयभित्र उपस्थित भई आफ्नो लाइसेन्स संकलन गर्नुहुन अनुरोध गरिन्छ।
बाकस कोड (Box Code) प्रणाली: कार्यालय आउनु भन्दा अगाडि अनिवार्य रूपमा वेबसाइट 👉 tmokalanki.bagamati.gov.np/pages/searchList/ मा गई आफ्नो बाकस कोड पत्ता लगाउनुहोला।
बाकस कोड थाहा हुने सेवाग्राहीहरू सिधै १४ नम्बर काउन्टरमा जान सक्नुहुनेछ (७ नम्बर काउन्टरमा जानु पर्दैन)।
बाकस कोड थाहा नहुनेहरूले पहिले ७ नम्बर काउन्टरबाट कोड पत्ता लगाई १४ नम्बरमा जानुपर्नेछ।
आवश्यक कागजातहरू:
नवीकरण वा वर्ग थप: सक्कल नागरिकता र पुरानो सक्कल लाइसेन्स।
नयाँ लाइसेन्स वा प्रतिलिपि: सक्कल नागरिकता र राजश्व बुझाएको रसिद।
लाइसेन्स वा रसिद हराएको भए: सक्कल नागरिकता र ट्राफिक प्रहरीको सिफारिस पत्र।
वितरण समय: सोमबार देखि शुक्रबार (सार्वजनिक बिदा बाहेक), बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे भित्र।