दैनिक तर्फका सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी सूचना
यातायात व्यवस्था विभागबाट सवारी चालक अनुमतिपत्र प्रिन्ट भई यस कार्यालयमा प्राप्त भएको बेहोरा सम्बन्धित सेवाग्राहीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. वितरण हुने लाइसेन्सहरु:
सन् २०२६ अप्रिल २१ र २२ (तदनुसार वि.सं. २०८३ वैशाख ८ र ९ गते) का दिन नयाँ, वर्ग थप (Category Add) तथा नवीकरण (Renewal) वापतको राजस्व भुक्तानी गर्नुभएका सेवाग्राहीहरू।
२. वितरण मिति र स्थान:
प्रारम्भ हुने मिति: २०८३ साल वैशाख १३ गते, आइतबारदेखि।
सम्पर्क स्थान: यस कार्यालयको लाइसेन्स वितरण कक्ष (कोठा नं. १४)।
३. आवश्यक कागजातहरू:
राजस्व बुझाएको सक्कल रसिद।
आफ्नो नागरिकताको प्रमाणपत्र वा पुरानो सक्कल अनुमतिपत्र।
४. सेवाग्राहीका लागि विशेष जानकारी:
समय व्यवस्थापन: बिहान ११:०० बजेसम्म सेवाग्राहीको चाप बढी रहने हुँदा, सहज सेवाका लागि दिउँसो २:०० बजेपछि उपस्थित हुनुहुन उपयुक्त हुने देखिन्छ।
यस सम्बन्धी थप जानकारीका लागि कार्यालयको आधिकारिक वेबसाइट https://tmokalanki.bagamati.gov.np हेर्नुहुन वा कार्यालयको सोधपुछ कक्षमा सम्पर्क गर्नुहुन अनुरोध छ।
प्रकाशित मिति: २०८३/०१/११