१७ अप्रिल २०२६ देखि २१ अप्रिल २०२६ सम्म लाइसेन्स दस्तुर तिरेका सेवाग्राहीहरुको लाइसेन्स वितरण

सन् २०२६ अप्रिल १७ तारिख देखि २०२६ अप्रिल २१ तारिख सम्म नयाँ लाइसेन्स, नविकरण वा प्रतिलिपी जारीको निम्ति राजश्व बुझाउनु भएका संलग्न सूची बमोजिमका सेवाग्राहीहरुको सवारी चालक अनुमतिपत्र विभागबाट छापिएर प्राप्त भएको हुनाले सूचिमा समावेश हुनुभएका सेवाग्राहीहरु सवारी चालक अनुमतिपत्र संकलन गर्न आउनु हुन सूचित गरिन्छ ।

१. लाइसेन्स लिन आउँदा साथमा ल्याउनुपर्ने कागजातहरू:

  • राजस्व तिरेको सक्कल रसिद (Payment Receipt)।

  • पुरानो लाइसेन्स (नवीकरणको हकमा)।

  • परिचय खुल्ने सक्कल नागरिकता वा राहदानी।

  • यदि अरूको लाइसेन्स लिन आउने हो भने सम्बन्धित व्यक्तिको मञ्जुरीनामा र आधिकारिक परिचयपत्र।

२. वितरण हुने स्थान र समय:

  • स्थान: लाइसेन्स वितरण कक्ष, यातायात व्यवस्था कार्यालय, कलंकी ।

  • समय: बिहान ९:०० देखि ५:०० बजेसम्म

विशेष नोट:

भीडभाड कम गर्न र आफ्नो पालो सुरक्षित गर्न सूचीमा नाम भए नभएको निश्चित गरेर मात्र कार्यालयमा पाल्नुहुन अनुरोध गरिन्छ। थप जानकारीका लागि कार्यालयको सूचना पाटी वा आधिकारिक वेबसाइट हेर्दै गर्नुहोला।