सन् २०२६ मे २८, २९ तथा जुन १ र २ सम्म राजश्व बुझाउने सेवाग्राहीहरूको लाइसेन्स लिन आउने सम्बन्धि जानकारी

यस यातायात व्यवस्था कार्यालय, कलंकी, काठमाडौँबाट विभिन्न मितिमा नयाँ अनुमतिपत्र (New), वर्ग थप (Category Add), नवीकरण (Renewal) तथा प्रतिलिपि (Duplicate) प्रक्रिया पूरा गरी राजश्व बुझाउनुभएका सेवाग्राहीहरूका लागि यो विवरण अद्यावधिक गरिएको छ।

हाल सन् २०२६ अप्रिल १५ देखि जुन २ (२०८३ वैशाख २ देखि २०८३ जेठ १९ गते) सम्म राजश्व बुझाउने सेवाग्राहीहरूको स्मार्ट लाइसेन्स विभागबाट छापिएर कार्यालयमा प्राप्त भइसकेको हुनाले वितरण कार्य भइरहेको छ। लक्षित सेवाग्राहीहरूले कार्यालय समयभित्र उपस्थित भई आफ्नो लाइसेन्स संकलन गर्नुहुन अनुरोध गरिन्छ।

🔍 १. लाइसेन्स लिन आउनु अघि अनिवार्य रूपमा बक्स कोड (Box Code) हेर्नुहोस्:

कार्यालयमा हुने भिडभाडबाट बच्न र छिटो सेवा प्राप्त गर्नका लागि कृपया कार्यालय आउनु भन्दा अगाडि अनिवार्य रूपमा आफ्नो बक्स कोड पत्ता लगाउनुहोला:

  • अनलाइन लिंक: कार्यालयको आधिकारिक वेबसाइटको लिंक tmokalanki.bagamati.gov.np/pages/searchList/ मा गई आफ्नो विवरण राखेर बक्स कोड (Box Code) नोट गर्नुहोस्।

  • काउन्टर सम्बन्धी जानकारी: * यदि तपाईंलाई आफ्नो बक्स कोड थाहा छ भने, सिधै काउन्टर नं. १४ मा जानुहोस् (७ नम्बर काउन्टरमा गइरहनु पर्दैन)।

    • यदि बक्स कोड थाहा छैन भने, पहिले काउन्टर नं. ७ बाट बक्स कोड पत्ता लगाई त्यसपछि मात्र काउन्टर नं. १४ मा जानुहोला।

📄 २. आवश्यक पर्ने कागजातहरू (Required Documents):

  • नवीकरण (Renewal) वा वर्ग थप (Category Add) का लागि: सक्कल नागरिकता र पुरानो सक्कल लाइसेन्स।

  • नयाँ लाइसेन्स (New) वा प्रतिलिपि (Duplicate) का लागि: सक्कल नागरिकता र राजश्व बुझाएको सक्कल रसिद।

  • लाइसेन्स वा रसिद हराएको खण्डमा: सक्कल नागरिकता र ट्राफिक प्रहरीको सिफारिस पत्र (Traffic Police Recommendation Report)।

⏰ ३. कार्यालय समय (Office Hours):

  • सोमबारदेखि शुक्रबारसम्म (सार्वजनिक बिदा बाहेक), बिहान ९:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म।