यस यातायात व्यवस्था कार्यालय, कलंकी, काठमाडौँबाट विभिन्न मितिमा नयाँ अनुमतिपत्र (New), वर्ग थप (Category Add), नवीकरण (Renewal) तथा प्रतिलिपि (Duplicate) प्रक्रिया पूरा गरी राजश्व बुझाउनुभएका सेवाग्राहीहरूका लागि यो विवरण अद्यावधिक गरिएको छ ।
हाल सन् २०२६ अप्रिल १५ देखि जुन ३ (तदनुसार २०८३ वैशाख २ देखि २०८३ जेठ २० गते) सम्म राजश्व बुझाउने सेवाग्राहीहरूको स्मार्ट लाइसेन्स यातायात व्यवस्था विभागबाट छापिएर कार्यालयमा प्राप्त भइसकेको हुनाले वितरण कार्य भइरहेको छ । लक्षित सेवाग्राहीहरूले कार्यालय समयभित्र उपस्थित भई आफ्नो लाइसेन्स संकलन गर्नुहुन अनुरोध गरिन्छ ।
कार्यालयमा हुने भिडभाडबाट बच्न र छिटो सेवा प्राप्त गर्नका लागि कृपया कार्यालय आउनु भन्दा अगाडि अनिवार्य रूपमा आफ्नो बक्स कोड पत्ता लगाउनुहोला:
अनलाइन लिंक: कार्यालयको आधिकारिक वेबसाइटको लिंक tmokalanki.bagamati.gov.np/pages/searchList/ मा गई आफ्नो विवरण राखी बक्स कोड (Box Code) नोट गर्नुहोस् ।
काउन्टर सम्बन्धी जानकारी:
यदि तपाईंलाई आफ्नो बक्स कोड थाहा छ भने, सिधै काउन्टर नं. १४ मा जानुहोस् (७ नम्बर काउन्टरमा गइरहनु पर्दैन) ।
यदि बक्स कोड थाहा छैन भने, पहिले काउन्टर नं. ७ बाट बक्स कोड पत्ता लगाई त्यसपछि मात्र काउन्टर नं. १४ मा जानुहोला ।
नवीकरण (Renewal) वा वर्ग थप (Category Add) का लागि: सक्कल नागरिकता र पुरानो सक्कल लाइसेन्स ।
नयाँ लाइसेन्स (New) वा प्रतिलिपि (Duplicate) का लागि: सक्कल नागरिकता र राजश्व बुझाएको सक्कल रसिद ।
लाइसेन्स वा रसिद हराएको खण्डमा: सक्कल नागरिकता र ट्राफिक प्रहरीको सिफारिस पत्र (Traffic Police Recommendation Report) ।
सोमबारदेखि शुक्रबारसम्म (सार्वजनिक बिदा बाहेक), बिहान ९:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म ।