स्कुटर (वर्ग K) को नयाँ लाइसेन्सका लागि यातायात व्यवस्था कार्यालय कलंकी (ठूलोभर्याङ) मा अनलाइन फाराम भर्ने प्रक्रिया यसप्रकार छ:
सबैभन्दा पहिले आधिकारिक पोर्टल applydlnew.dotm.gov.np/login मा जानुहोस्।
"Sign Up" बटनमा क्लिक गरी आफ्नो पूरा नाम, mobile नम्बर, जन्ममिति र एउटा पासवर्ड राखेर खाता बनाउनुहोस्।
मोबाइलमा आउने MPIN कोड प्रविष्ट गरेर खाता प्रमाणीकरण (Verify) गर्नुहोस्। MPIN नआउने, Captcha नदेखिने जस्ता प्राविधिक समस्या आयो भने यातायात व्यवस्था विभाग (https://dotm.gov.np/) का सूचना अधिकारी 9851349261 लाई सम्पर्क गर्नुहोला।
आफ्नो मोबाइल नम्बर र पासवर्ड हानेर लगइन गर्नुहोस्।
Personal Information: आफ्नो व्यक्तिगत विवरण (बुबा, आमा, हजुरबुबाको नाम, शैक्षिक योग्यता र रगत समूह) भर्नुहोस्।
Address Details: नागरिकता अनुसारको स्थायी र हालको ठेगाना छनोट गर्नुहोस्।
Citizenship Details: नागरिकता नम्बर, जारी जिल्ला, जारी मिति भरी नागरिकताको अगाडि र पछाडिको स्पष्ट फोटो अपलोड गर्नुहोस्। आवेदकको नाम, नागरिकता प्रमाणपत्रको विवरण र जन्ममितिमा त्रुटी हुँदा पछिसम्मको लागि असर पर्ने हुँदा यी विवरण राख्दा अत्यन्त सजग भई सही विवरण भर्नुहोला।
License Category: सवारी साधनको वर्गमा स्कुटरका लागि "K" (Scooter) छनोट गर्नुहोस्।
Office Selection: प्रदेशमा Bagmati र कार्यालयमा Transport Management Office, Kalanki (यातायात व्यवस्था कार्यालय, कलंकी) (applydlnew मा पुरानै नाम रहँदा सम्म Yatayat Byabastha Karyalaye Thulobharyang Kathmandu) रोज्नुहोस्।
कलंकी कार्यालय छनोट गरेपछि बायोमेट्रिक (फोटो खिच्न र औंठाछाप दिन) का लागि प्रणालीमा उपलब्ध खाली मिति छनोट गर्नुहोस्।
विवरणहरू चेक गरी फाराम Submit गर्नुहोस् र प्राप्त Application Report लाई डाउनलोड गरी प्रिन्ट गर्नुहोस्।
📌 कार्यालय जाँदा ध्यान दिनुपर्ने कुरा: तोकिएको अपोइन्टमेन्टको दिन कलंकी (ठूलोभर्याङ) कार्यालय जाँदा उक्त प्रिन्ट गरिएको फाराम (Reference Number सहित), सक्कल नागरिकता, र ब्लड ग्रुप कार्ड साथमा लिएर जानुहोला। बायोमेट्रिक स्वीकृत भएपछि मात्र परीक्षा दस्तुर रु. ५००।- बुझाउनुपर्छ। साथै स्वास्थ्य परीक्षाण शूल्क बापत प्रदेश सरकारले दोकेको रु १७५।- समेत थप बुझाउनु पर्छ ।